२६ जेठ २०८३, मंगलबार

औंला भाच्दै रानाभाटले भने–कांग्रेसभित्र १,२,३ .. वटा गुट छन्, जग हसाउने काम नगरौं

मंसिर २९, २०७५
औंला भाच्दै रानाभाटले भने–कांग्रेसभित्र १,२,३ .. वटा गुट छन्, जग हसाउने काम नगरौं

काठमाडौं-  नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले गुटवन्दी गरेर कांग्रेसले जग हँसाएको बताएका छन् । 

राजधानीमा आजबाट शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटनसत्रमा बोल्दै नेता रानाभाटले चुनाव हार्नु स्वाभाविक भएको भन्दै चुनाव हार्दैमा नेपाली कांग्रेसको मनोबल यति धेरै गिर्न नहुने बताए । 

‘नेपाली काँग्रेसले स्थानीय, प्रादेशिक र केन्द्रीय चुनाव हार्यो तर यतिधेरै समय देशको नेतृत्व गरेको पार्टीको मनोबल चुनावसँगै हार्नु हुने थिएन । त्यसका लागि कांग्रेसभित्रका गुटहरू एक एक गरेर समाप्त गर्नुपर्छ ।’

कांग्रेसभित्र रहेका गुटैगुट रहेको भन्दै नेता रानाभाटले गुटको संख्या औंला भाँचेर गनेका थिए । ‘कांग्रेसभित्रका गुटहरू एक होइन, दुई होइन, तीन होइन, चार पनि होइन, पाँच वटाहरू रहेको समाचार दैनिक संचारमाध्यममा आउँछ ’ गुटको संख्या गन्दै रानाभाटले भने, ‘हिजो बेलुकासम्म झगडा गर्नुभयो पत्रपत्रिकामा समाचार आएका छन्, यो चालाले नेपाली कांग्रेस कहिले सुध्रिने ?’
 

salt training

कमेन्ट गर्नुहोस्