
काठमाडौं, २२ फागुन — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ३३ किलो सुन तस्करीमा संलग्नहरूको नाम सार्वजनिक गरेको छ । दुई महिना लामो अनुसन्धान पश्चात प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको हो ।
दुबइबाट तस्करी गरेर ल्याइएको सुन प्रहरीले समातेपछि अनुसन्धान सुरु भएको थियो । दुई महिना अघि दुबईबाट ल्याइएको तस्करीको सुन प्रहरीले एयरपोर्टबाट बाहिरिने वित्तकै पक्राउ गरेको थियो ।
तस्करीमा संलग्न १२ जना पक्राउ परिसकेका छन् भने बाँकी १८ जना फरार छन् । प्रहरीले १० जना तस्करहरु युएइमा रहेको र ८ जना चाहिँ नेपालमा रहेको बताएको छ ।
तस्करीको सुनका नाइके हरिशरण खड्का युएइमा छन् ।
उनीसँगै युएइबाट सुन तस्करीमा संलग्न ध्रुब केसी, रोशनलाल गुप्ता, कृष्ण गोपाल अग्रवाल, अर्जुन प्रसाद पोख्रेल, राजन प्रसाद पन्त, केशव चापागाईं, चुडामणी उप्रेती, दुर्गा प्रसाद खरेल र गोपाल भुसाल पनि सुन तस्करमिा संलग्न थिए । उनीहरु अहिले दुबइमै छन् । प्रहरीले दुबई प्रहरीसँग सहकार्य गरेर उनीहरुलाई पक्राउ गर्ने कोशिश गरिरहेको छ ।
सन्तोष काफ्ले गोपाल शाहि, दिलबन्धु थापा, रामहरि कार्की, रामप्रताप खड्का, प्रकाश खरेल र बुद्धिमान खरेल नेपालमा सुन ओसार पसारमा संलग्न रहेका थिए ।
भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी र माधव सुवेदीले सुन तस्करीमा भरियाको काम गरेका थिए ।
एयरपोर्ट कर्मचारी श्रीनारायण यादव, एसएसपी श्यामबहादुर खत्री, राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रदुम्नहरि श्रेष्ठ समेत समेत एयरपोर्टमा संलग्न थिए ।
नेपालमा बसेर सुन मगाउने राजेन्द्र कुमार शाक्य, मालिका बज्राचार्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल र प्रमोद श्रेष्ठ हुन् ।
रवि राजेश बोगटी, शनि श्रेष्ठ र गीता श्रेष्ठ को पनि सुन तस्करीमा साझेदारी रहेको थियो । त्यस्तै मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि सुन तस्करीमा साझेदारी राख्ने व्यक्तिहरु हुन् ।
यति व्यक्तिको सुन तस्करीमा संलग्नता रहेको भएपनि प्रहरीले अहिले सम्म १२ जनालाई मात्रै पक्राउ गरेको छ । प्रहरीका एसएसपी देखि भन्सारका कर्मचारी समेत पक्राउ परिसकेका छन् ।
बाँकी १८ जना चाहिँ फरार रहेका छन् ।
एसएसपी श्यामबहादुर खत्री सहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परेका छन् । बाँकी १८ जना फरारकै सूचीमा रहेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने कोशिश गरिहेको छ ।
सिआइबीका प्रमुख डिआइजी नवराज सिलवालले गत शुक्रबार दुई महिना लामो अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयलाई मुद्दाको आशयपत्र बुझाइसकेको बताए । अब सरकारी वकिलको कार्यालयले उनीहरु विरुद्ध संगठित अपराधमा मुद्दा चलाउने छ ।