३१ असार २०८३, बुधबार

आयोगले भन्यो, निर्वाचन सम्पन्न गर्न दलहरुबीच समझदारी जरुरी

कात्तिक २०, २०७४
आयोगले भन्यो, निर्वाचन सम्पन्न गर्न दलहरुबीच समझदारी जरुरी
काठमाडौं २२ फागुन– निर्वाचन आयोगले आगामी २०७४ साल वैशाख ३१ गते हुन गइरहेको स्थानीय निकाय निर्वाचनको लागि राजनीतिक दलहरूको आपसी सहयोग, समन्वय, सहमति, समझदारी जरुरी रहेको बताएको छ ।
आयोगले आइतवार एक विज्ञप्ती प्रकाशितगरी दलहरुको समझदारीले मात्र निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न सहज हुने बताएको हो ।

‘निर्वाचन सञ्चालन गर्न समय निकै छोटो रहेको र निर्वाचन कार्यलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सरोकारवालाहरूको महत्वपूर्ण र सकारात्मक भूमिकाको निर्वाचन आयोगले अपेक्षा गरेको छ’ आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ निर्वाचनका प्रमुख सरोकारवाला राजनीतिक दलहरूको आपसी सहयोग, समन्वय, सहमति, समझदारीबाट मात्र निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न सहज वातावरण निर्माण हुने भएकोले राजनीतिक दलहरूबाट उल्लेखित वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्नेमा निर्वाचन आयोगले विश्वास लिएको छ ।

आयोगले निर्वाचनको लागि तयारीको कार्यहरू तीव्ररूपमा अगाडि बढाइरहेको तथा निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई १९ बुँदे निर्देशन तथा शान्ति सुरक्षा व्यवस्थित गर्नका लागि गृह मन्त्रालयलाई चार बुँदे निर्देशन दिइसकेको जनाएको छ ।

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि अन्तिम तयारी गर्न आवश्यक पर्ने स्थानीय तह पुनःर्संरचना आयोगको प्रतिवेदन शीघ्र आवश्यक रहेको ब्यहोरासमेत नेपाल सरकारलाई अनुरोध गरिसकिएको सो प्रतिवेदन शिघ्रातिशीघ्र प्राप्तिको प्रतिक्षामा आयोग रहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्