२२ जेठ २०८३, शुक्रबार

नुवाकोटको साततले दरबारको पुनःनिर्माण गरिँदै

नुवाकोटको साततले दरबारको पुनःनिर्माण गरिँदै

नुवाकोट–नुवाकोटको ऐतिहासिक साततले दरबार पुनःनिर्माण यही वर्ष चैतदेखि शुरु हुने भएको छ । 

रााष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले साततले दरबारको आज अवलोकन गर्दै चीन सरकारसँग दरबार पुनःनिर्माणका लागि सम्झौता भइसकेको र वर्षको अन्त्यदेखि नै दरबारको पुनःनिर्माण हुने जानकारी दिए । 

भूकम्पले पूर्ण क्षति पु¥याएकोे दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले पुनःनिर्माण गर्नेछ । भूकम्प गएको करीब साढे तीन वर्ष बित्दासमेत दरबार निर्माणका लागि सरकार उदासीन भएको स्थानीय बासिन्दाले आरोप लगाइरहँदा ज्ञवालीले दरबार पुनःनिर्माण अब छिट्टै शुरु हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्