३० जेठ २०८३, शनिबार

काफ्लेको नेतृत्वमा संसदीय मामिला समाजको नयाँ नेतृत्व

पुस १, २०७५
काफ्लेको नेतृत्वमा संसदीय मामिला समाजको नयाँ नेतृत्व

काठमाडौँ– गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

समाजको आज भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का र कोषाध्यक्षमा दीर्घपाणि (डिपी) उपाध्याय चयन भएका छन् ।  

सदस्यमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी वासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भएका छन् । 
 दुई वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्ष बगाले, महासचिव दाहाल र कोषाध्यक्ष उपाध्याय निर्विरोध भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्