२३ जेठ २०८३, शनिबार

कमल थापाको दाबी : हिन्दूराष्ट्र र राजसंस्थाबारे जनमत बढ्दो, निर्मला प्रकरणमा सरकार चुक्यो

कमल थापाको दाबी : हिन्दूराष्ट्र र राजसंस्थाबारे जनमत बढ्दो, निर्मला प्रकरणमा सरकार चुक्यो

कैलाली–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कार्यसमितीले आज धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका संवाहकको असफलताले हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रप्रति जनताको आकर्षण बढेको बताए । 
उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त घटना प्रकरण चार महीना बितिसक्दा सक्दा पनि अहिलेसम्म अपराधीलाई कानूनी कठघरामा ल्याउन नसक्नु सरकारको कमजोरी भएको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्