१९ असार २०८३, शुक्रबार

वामदेवको प्रस्तावले केपी ओली रुष्ट

पुस २, २०७५
वामदेवको प्रस्तावले केपी ओली रुष्ट

काठमाडौं– नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले ‘एक पद एक जिम्मेवारी’ सहित पार्टी कामको नेतृत्व प्रचण्डलाई मात्र दिनुपर्ने दिनुपर्ने आशयको प्रस्ताव ल्याएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली रुष्ट बनेका छन् ।

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्र स्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफू निकटकासँग गरेका छन् । 

ओलीले आइतबार पार्टी कार्यालयमा आयोजित कार्याक्रममा गौतमलाई उल्लेख नगरी ‘दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको’ उल्लेख गरे । आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्