
काठमाडौं–कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
श्रम स्वीकृति नलिई गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्टनम्बरसहितको विवरण इन्टङी नगरी फर्काएको हो ।
वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ ।
सेटिङ मिलाइएकोआस्वासनपछि श्रम श्रीकृति नभएपनि शुक्रबार विमानस्थल पुगेका २९ जना उड्न पाइनेमा ढुक्क थिए ।
विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेलले यी २९ जना आउनुअघि नै आफ्नो अफिसियल इमेलबाट अध्यागमन डेस्कमा बस्ने अधिकृतहरुले चलाउने साझा इमेलमा उनीहरुको सम्पूर्ण विवरण फरवार्ड गरिदिएका रहेछन् ।
श्रम विभागका एक अधिकारीका अनुसार तत्काल श्रम अनुमति नमिल्ने भएपछि म्यानपावर एजेन्टहरुले अध्यागमका उच्च अधिकारीलाई साथमा लिन खोजेका छन् । जसमा पौडेलदेखि उपसचिव नवराज ढुंगानासमेत सक्रिय देखिएका थिए ।