०६ साउन २०८३, बुधबार

आरआर क्याम्पसमा आज चुनाव, निर्वाचन आयोगको पत्रले रोकेन

कात्तिक २०, २०७४
आरआर क्याम्पसमा आज चुनाव, निर्वाचन आयोगको पत्रले रोकेन
काठमाडौं, २३ फागुन-रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा मा आज स्ववियु चुनाव हँदैछ । विहान आठ बजेबाट शुरु हुने मतदानका लागि विद्यार्थीहरु लाइनमा बसेका छन् ।

नेपाल विद्यार्थी संघले उमेदवारी दर्ता नगराएको चुनावमा अखिलका तर्फबाट सभापतिका उमेदवार तपेन्द्र जंग शाही छन् भने अखिल क्रात्किारीबाट सभापतिका उमेदवार ध्रुवराज वाग्ले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संयुक्त विद्यार्थीका तर्फबाट अरविन्द भट्टराई सभापतिका उमेदवार रहेका छन् । जसमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी, नयाँ शक्ति, मोहन वैद्य नेतृत्वको माओवादी निकटको माओवादी लगायतकाे माेर्चाबन्दी रहेकाे छ ।
 
निर्वाचन आयोगले हिजो अवेर पूर्वनिर्धारित क्याम्पसहरुमा बाहेक निर्वाचन गर्न नमिल्ने पत्र त्रिवीलाई पठाएपछि चुनाव अन्यौलमा परेको थियो । तर आरआर क्याम्पसको चुनाव पूर्वनिर्धारित भएका कारण यसलाई उक्त पत्रले कुनै असर नगरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

फागुन १८ का लागि निर्धारण गरिएको चुनाव राजधानी लगायतका देशभरका ठूला क्याम्पसमा हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्