०६ असार २०८३, शनिबार

निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

कात्तिक २०, २०७४
निर्वाचन केन्द्रित गतिविधिमा दलहरू
काठमाडौंँ, २३ फागुन - स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।
वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ । निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ । राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन्, आजको गोरखापत्रमा खबर छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव लक्षित मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ । चौथो शक्ति राप्रपाले एक महिने विशेष अभियान शुरू गर्ने निर्णय गरेको छ । काँग्रेस, माओवादी केन्द्रलगायत दलहरूले औपचारिक कार्यक्रम तय नगरे पनि स्थानीय स्तरमा चुनाव तयारीको सर्कुलर गरिसकेका छन् । सङ्गठन विस्तार र राजनीतिक प्रशिक्षण जारी राखेका छन् ।
राजनीतिक दलहरूले सङ्गठनात्मक संरचना सुधार, सङ्गठन विस्तारदेखि स्थानीय तहका उम्मेदवार छनोटको बहस चलाइरहेका छन् । सामान्य अवस्थामा चार महिनाको समय चुनावको तयारीका लागि निर्वाचन आयोग र दलहरूले पाउँदै आए पनि यसपटक ८३ दिनको अवधिमा निर्वाचन सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र दलहरू होमिएका छन् ।
चुनाव तयारीका सिलसिलामा नेपाली काँग्रेसले गत कात्तिकमा केन्द्रीय समितिको निर्णयअनुसारको प्रशिक्षण कार्यक्रमलाई जारी राखेको छ । स्थानीय तहको चुनाव घोषणापछि सम्भावित उम्मेदवारहरूको रिपोर्टिङ पनि सङ्कलन भइरहेको छ ।
तेस्रो ठूलो दल माओवादी केन्द्रले स्थानीय तह चुनावको उम्मेदवार छनोट, मापदण्डलगायत विषय विस्तृत कार्ययोजना बनाउन सोमबार केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्