रोल्पा, २३ फागुन- पार्टीको आठौँ महाधिवेशनबाट विप्लव नेतृत्वको दलले नामबाट माओवादी शब्द हटाएपछि कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

सो दलको नाम नेकपा राखिएको छ । नामकै कारण नेतृत्व तथा पार्टी स्थापित भएको सन्दर्भमा त्यसैलाई छाडेर हिँड्नु विचलन भएको भन्दै स्युरी गाविसको विप्लव नेतृत्वको पार्टी कमिटी नै माओवादी केन्द्रमा समाहित भएको छ । आइतबार स्युरीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीबीच गाविसस्तरमा एकीकरण भएको घोषणा गरिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।
एकीकरण कार्यक्रममा बोल्दै नेकपाका गाविस अध्यक्ष खडक घर्तीले विप्लवले माओवादी छाडेर विचलनको बाटो अँगालेको आरोप लगाए ।