०३ असार २०८३, बुधबार

युगान्डामा बस दुर्घटना हुँदा १९ जना एनजीओकर्मीको मृत्यु

युगान्डामा बस दुर्घटना हुँदा १९ जना एनजीओकर्मीको मृत्यु

काठमाडौं — युगान्डाको पूर्वी भागमा मंगलवार भएको बस दुर्घटनामा गैरसरकारी संस्था (एनजीओ) मा काम गर्ने १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार, बस अनियन्त्रित भएर पहाडबाट चिप्लिएपछि दुर्घटना भएको हो । 

क्षेत्रीय प्रहरीका प्रवक्ता रोगर्स तैतिकाले बस चिप्लिएर खोेंचमा जाकिएको थियो । 

एनजीओका स्टाफ वार्षिक पार्टीका लागि बस चढेर कापचोरवा गइरहेका थिए । राजधानी कम्पालाबाट ३०० किलोमिटर पूर्वतिर रहेको सिपी नामक स्थानमा दुर्घटनाग्रस्त भयो । 

तैतिकाले दुर्घटनाको कारण पत्ता लगाउनका लागि अनुसन्धान भइरहेको बताए । 

एनजीओ र मृतकहरूका बारेमा विस्तृत विवरण प्राप्त भएको छैन । 

सडक सुरक्षाको मामिलामा युगान्डाको रेकर्ड अत्यन्तै खराब छ । वाहन र सडक खराब अवस्थामा छन् अनि चालकहरूको हँकाइ पनि दुर्घटनाका लागि जिम्मेवार छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्