१२ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरियो जल शुद्धीकरण उपकरण

सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरियो जल शुद्धीकरण उपकरण

डेनमार्क स्थित गैह्रसरकारी सँस्था डिसिए ले लगभग ७० लाख लागत को 'पानी शुद्धिकरण उपकरण’ (वाटर ट्रिटमेन्ट युनिट)’ शसस्त्र प्रहरी वललाई हस्तानतरण गरेको छ । 

२०७२को भूकम्पबाट प्रभावितहरुको सहयोगका लागी यो उपकरण डिसिएले नर्वेजियन सरकारको सहयोगमा नेपाल ल्याएको थियो । प्राय जसो विपद हुँदा विपदले मान्छेलाई मार्छ त्यो भन्दा बढी यसपछी आउने झाडा पखाला, हैजा जस्ता विपदले झन प्रभाव पार्ने हुँदा यस्ता उपकरण सहयोगी हुने डिसिए नेपाल का ईन्जिनियर पवित्र गुरुङ्गले बताउनुभयो । “यसले धमिलो तथा किटाणु युक्त पानीलाई शुद्धिकरण गरेर पिउन योग्य बनाउँछ ।” डिसिए नेपालमा कार्यरत ईन्जिनियरहरुले शसस्त्रवलका प्राविधिकहरुलाई यसको प्रयोग बारे तालिम समेत दिएका थिए । आवश्यक परेको खण्डमा डिसीए नेपालले सदैव प्राविधीक सहयोग गर्न तत्पर रहेको गुरुङले बताउनुभयो ।

शसस्त्र प्रहरी वलका वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा भट्टराईले यसले विपदको बेला ठुलो सहयोग हुने बताए । “हाललाई यसलाई शसस्त्र प्रहरीको अस्पतालमा राखेर परिक्षण गर्ने र पछि विपद परेको बेला आवश्यक ठाऊँमा सहयोगका लागी लाने योजना रहेको बताउनुभयो । 

नेपालमा वर्षेनी आउने बाढी पहिरोका कारण खानेपानी प्रदुषित हुने हुँदा यसको प्रयोगले प्रभावित जनतालाई राहत पुग्ने विश्वास गरिएको छ । यो उपकरणले एक घण्टामा ४ हजार लिटर पानी शुद्धिकरण गर्न सक्छ । 

salt training

कमेन्ट गर्नुहोस्