०५ साउन २०८३, मंगलबार

नेकपा स्थायी कमिटीको बैठक अझै केही दिन बस्ने

नेकपा स्थायी कमिटीको बैठक अझै केही दिन बस्ने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा बुधवार पनि राजनीतिक प्रतिवेदनमथिको छलफल जारी रहेकाले बैठक सकिन अझै केही दिन लाग्ने देखिएको छ । 

बुधवारको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे । गत शनिवारदेखि शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा बुधवारसम्म कुल २८ जनाले आफ्नो विचार राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । 

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन् । बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्