३० असार २०८३, मंगलबार

आयल निगममा ड्रेड युनियनको धङधङी, अध्यक्ष आउँदा दिनभरी काम ठप्प !

आयल निगममा ड्रेड युनियनको धङधङी, अध्यक्ष आउँदा दिनभरी काम ठप्प !

विराटनगर–   नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष आउँदा बुधवार दिनभर नेपाल आयल निगम प्रदेश कार्यालयमा इन्धन झार्ने र पठाउने काम ठप्प भएको छ ।  निगम ट्रेड युनियनका अध्यक्ष देबी न्यौपाने आयल निगमका बोर्ड सदस्य समेत हुन् । उनी आउँदा कर्मचारी सहित कार्यालयका प्रमुख दिनेश  कुमार यादव सहित सबै उनकै पछि लाग्दा कर्मचारीले कामै गरेनन् ।  

न्यौपाने विराटनगरमा आएपछि आयल निगमका सबै काम प्रभाबित त भए नै डिपोबाट उठ्ने र झार्ने इन्धन सम्बन्धि सबै काम ठप्प भए ।  विहानैदेखि ट्याङ्कर निगम परिसरमा राखेर  बसेका ढुवानी ब्यवसायी तथा चालकले दिउँसो ३ बजेसम्म पनि निगमले इन्धन अनलोड गर्न कर्मचारी नपठाएपछि उनीहरुले इन्धन नझारी फर्किएका छन् । 

विहान १० बजेदेखि न्यौपानेसँग बैठकमा बसेका कर्मचारीहरु डिपोमा नगएपछि उनिहरु आक्रोशित भएका हुन्  । ३ बजेसम्म पछि काम शुरु हुँदा ट्याङकर चालकहरुलाई राती हुने भन्दै इन्धन अनलोड गर्न नमानेपछि  समस्या भएको पुर्वाञ्चल ढुवानी एशोसिएशनका अध्यक्ष गुणराज निरौलाले बताए । 

सेवाग्राहीको समस्या भन्दा पनि आफ्नै कुरा लिएर एउटा  ट्रेड युनियको अध्यक्षको पछि लागेर हिँडेकोमा धेरैलाई मन परेको थिएन । न्यौपाने आएलगतै कार्यालयका प्रमुख दिनेश कुमार यादवले  कर्मचारी बाहेक पत्रकारलाई समेत कार्यालय भित्र पस्न रोक लगाएका थिए ।

न्यौपाने गएपछि ढुवानी तथा चालक एशोसिएशनलाई इन्धन झार्न कार्यालय प्रमुखले भनेपनि त्यो बारेमा ढिला भएको भन्दै चालकहरुले असन्तुष्टी जनाएका थिए ।  तर कार्यालय प्रमुख  दिनेश कुमार यादवले ट्रेड युनियनसँगको बैठकका कारण काम अबरुद्ध भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्