
काठमाडौँ–सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ ।
काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो ।
सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई÷दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताए ।