३१ जेठ २०८३, आइतबार

नरेन्द्र मोदीलाई गाली गर्दा एक वर्ष जेल !

पुस ४, २०७५
नरेन्द्र मोदीलाई गाली गर्दा एक वर्ष जेल !

नयाँ दिल्ली–प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । 

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् । 

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन सजाय अन्तर्गत एक बर्षको जेल सजाय गरिएको हो । उक्त कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुर्ब्यवहार वा गालीगलौज गरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ । 

अनान्चालीस बर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्