०३ असार २०८३, बुधबार

यो हो संसारको सबभन्दा लामो मोटरसाइकल

कात्तिक २०, २०७४
यो हो संसारको सबभन्दा लामो मोटरसाइकल
काठमाडौं, २३ फागुन — मानिसहरू गिनिज बूकमा नाम लेखाउन जे गर्न पनि तयार हुन्छन् । अर्काले नगरेको कुरा गर्न उद्यत रहन्छन् ।


यस्तै एक भारतीयले २६.२९ मिटरको मोटरसाइकल बनाएर गिनिज बूकमा आफ्नो नाम दर्ता गराएका छन् । भारतको गुजरातमा बस्ने भरत सिंह परमारले लगभग ८६ फीट तीन इन्चको मोटरसाइकल बनाएर कीर्तिमान कायम गरेका हुन् ।

यो मोटरसाइकलको परीक्षण गर्न गिनिज बूकको टोली गुजरात आएको थियो । भरत सिंहले टोलीका अगाडि
मोटरसाइकल चलाएर छक्क पारिदिए अनि उनीहरूले यसलाई सबभन्दा लामो मोटरसाइकलका रूपमा दर्ता गरिदिए ।


यसअघिको लामो मोटरसाइकल अहिलेको भन्दा लगभग १३ फीट छोटो थियो ।

जति लामो भएपनि यसमा थुप्रो मान्छे राखेर कुदाउन मिल्ने चाहिँ होइन ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्