०२ असार २०८३, मंगलबार

'वलात्कार'पछि हत्यामा बाँचेसम्म कैद, मुलुकमै पहिलोपल्ट यस्तो फैसला

पुस ५, २०७५
'वलात्कार'पछि हत्यामा बाँचेसम्म कैद, मुलुकमै पहिलोपल्ट यस्तो फैसला

लेखनाथ — मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुधबार सजाय सुनाएको हो । 

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । 

अदालतका से्रस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए । आजको कान्तिपुर दैनिकमा  खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्