
काठमाडौं–सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको सारथी फेर्नुपर्ने माग गरेका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा स्थायी कमिटी बैठकका क्रममा बुधबार बोल्ने नेताहरुले सरकारको काम प्रभावकारी नभएको भन्दै प्रधानमन्त्रीको सारथी फेर्नुपर्ने माग गरेका हुन् ।
यसअघि पनि सत्तारुढ दलका नेताले सार्वजनिक रुपमै सरकारको कामबारबाहीको विषयमा टिप्पणी गर्दै ओलीको सारथीकै कारण जनताको चाहना र पार्टी घोषणापत्रअनुसार काम हुन नसकेको भन्दै उनका सारथी फेनुुपर्ने माग गरेका थिए । अब यो विषय पार्टी बैठकमै उठेको छ ।
बैठकमा बोल्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकारका काम कारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री ओलीले सारथी फेर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन् । आजको राजधानी दैनिकले खबर छापेको छ ।