०७ असार २०८३, आइतबार

अब प्रदेश बिदामा संघीय कार्यालय पनि बन्द, विवाद अन्त्य

अब प्रदेश बिदामा संघीय कार्यालय पनि बन्द, विवाद अन्त्य

काठमाडौं। प्रदेश सरकारको निर्णयबाट हुने सार्वजनिक बिदा सम्बन्धित प्रदेशका संघीय कार्यालयमा समेत कार्यान्वयन हुने भएको छ ।

अन्तरप्रदेश परिषद्को यो निर्णयसँगै प्रदेशले दिने सार्वजनिक बिदामा सम्बन्धित प्रदेशभित्रका सबै संघीय कार्यालय अब बन्द हुनेछन् ।

परिषद् बैठकले गरेको यो निर्णयसँगै अब प्रदेशले दिने सार्वजनिक बिदा कहाँ कहाँ कार्यान्वयन हुने भन्ने विवाद समाप्त भएको छ ।

यसअघि प्रदेश सरकारले दिने बिदामा संघीय कार्यालयहरू खुला रहँदा संघ र प्रदेश सरकारबीच विवाद थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्