०३ साउन २०८३, आइतबार

एमालेलाई रोक्न राजविराजमा मोर्चाको प्रदर्शन, तोकिएको समयमै कार्यक्रम गर्ने एमालेको भनाइ

कात्तिक २०, २०७४
एमालेलाई रोक्न राजविराजमा मोर्चाको प्रदर्शन, तोकिएको समयमै कार्यक्रम गर्ने एमालेको भनाइ
सप्तरी २३ फागुन–नेकपा एमालेको मेची–महाकाली अभियान विथोल्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सप्तरी सदरमुकाम राजविराजमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
दिउँसो २ बजे गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा हुने एमालेको सभा विथोल्न मोर्चाका कार्यकर्ता बिहानैदेखि लाठी जुलुस प्रदर्शन गरिरहेका छन् ।

अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले राजबिराजमा बाक्लो सुरक्षा तैनाथी गरेको छ । सभाको तयारी पुरा भएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा शुक्रवार भएको बैठकमा मोर्चाले एमालेको कार्यक्रम नबिथोल्ने प्रतिबद्धता जनाएको थियो । ‘मोर्चालाई संविधानले दिएको अधिकार प्रयोग गर्दै कालो झण्डा प्रदर्शन र विराध गरे तर कार्यक्रम नबिथोल भनेका छौ’ मण्डलले भने, ‘अन्य दलको कार्यक्रम बिथोल्ने कुरा अधिनायकवादी चरित्र भयो ।’

सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गरेर एमालेको मेची–महाकाली अभियानको टोली दिउसो १ बजे सप्तरी प्रस्थान गर्ने स्थायी सदस्य मण्डलले लोकान्तरलाई बताए ।

सन्दर्भ तस्वीरः मधेशस्पेशलबाट

salt training

कमेन्ट गर्नुहोस्