
काठमाडौं — चीनमा पाँच वर्ष उमेरका एक बालकले ४०८ वटा किताब पढेर संसारलाई छक्क पारेका छन् । द न्युयोर्क टाइम्समा यसको विस्तृत चर्चा गरिएको छ ।
बालकको यो उपलब्धिको उल्लेख उसका मातापिताले उसको सीभीमा गरेका छन् ।
मातापिताले आफ्नो बालकको सीभी बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे अनि संसारलाई उसको जानकारी दिए । सीभीमा बालकको प्रतिभा, असल व्यक्तिव्त र अन्य थुप्रै सकारात्मक गुणहरूको चर्चा छ ।
सीभी बनाउनुको उद्देश्य बालकलाई राम्रो विद्यालयमा भर्ना गराउनु हो ।
यी बालकले सन् २०१८ मा ४०८ वटा किताब पढे ।
चीनमा प्राथमिक विद्यालयको शुरूआत ६ वर्षको उमेरबाट हुन्छ । निजी विद्यालयमा एकदमै धेरै प्रतिस्पर्धा हुन्छ । आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनका लागि मातापिता जे गर्न पनि तयार हुन्छन् ।
एजेन्सी