१७ असार २०८३, बुधबार

सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि

सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि

धनगढी– सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही पुस २४ देखि माघ ५ गतेसम्म हुने भएको छ । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ नाराका साथ सो प्रतियोगिता आयोजनजा गर्न लागिएको हो ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, एउटा विदेशी टिम, मोफसलका चर्चित फुटबल टिम र सुदूरपश्चिम–११ को सहभागिता रहने छ । 

विजेताले पुरस्कार स्वरुप रु २१ लाख र उपविजेताले रु १० लाख, ट्रफि र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु दश हजार पुरस्कार दिइनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्