०२ असार २०८३, मंगलबार

बैंकले बचतमा साढे ६ प्रतिशतभन्दा बढी ब्याज नदिने

पुस ६, २०७५
बैंकले बचतमा साढे ६ प्रतिशतभन्दा बढी ब्याज नदिने

काठमाडौं–बैंकले साधारण बचतमा साढे ६ प्रतिशत भन्दा बढी ब्याज नदिने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको बैठकले साधारण र मुद्दती निक्षेपमा ब्याजदर सीमा तोकेको हो । 

यसैगरी व्यक्रिगत मुद्दती निक्षेपमा ९.२५ र संस्थागत निक्षेपमा ८.५ प्रतिशतभन्दा बढी ब्याज नदिने ‘भद्र सहमति’ संघले गरेको छ । 

सहमतिअनुसार बैंकले न्यूनतम ब्याजअन्तर २ प्रतिशत राख्नुपर्नेछ । कल डिपोजितको ब्याज साढे ४ प्रतिशतमा झर्ने निर्णय पनि बैठकको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्