
काठमाडौं– संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ । विभिन्न बहानामा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो ।
कर्मचारी समायोजन प्रक्रिया थालिएकाले सो प्रक्रिया नसकिँदासम्म कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्न नपाइने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
हाल स्थानीय तह र प्रदेशमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न थालिएपछि सरकारले त्यसमा पूर्णरूपमा रोक लगाएको हो । कतिपय प्रदेश र स्थानीय तहमा कर्मचारीलाई करारमा राख्न थालिएपछि केन्द्रीय लोकसेवा आयोगले आपत्ति जनाउँदै आएको थियो ।राजधानी दैनिकमा ििवस्तृतमा खबर छापिएको छ ।