०८ असार २०८३, सोमबार

कर्मचारीसँग झुक्यो सरकार

पुस ६, २०७५
कर्मचारीसँग झुक्यो सरकार

काठमाडौं–निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीको माग पूरा गर्न सहमत देखिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर केन्द्रसम्म आउन सक्ने सबै बाटा खुला गर्नेगरी कानून बनाउन सरकारी पक्ष सहमत भएको समाचारमा उल्लेख छ ।

अब छिट्टै बन्ने क्रममा रहेको संघीय निजामती ऐनमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रसम्म आउन सक्ने गरी कार्यसम्पादन, आन्तरिक प्रतियोगिता र अन्तरसेवा प्रतिस्पर्धाको आधारमा बढुवा हुने व्यवस्था गरिने सरकारी अधिकारीले प्रतिबद्धता जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्