
काठमाडौं – नेपाली कांग्रेसमा १३ जना पदाधिकारी राख्ने विषयमा सहमति भएको छ ।
पदाधिकारीमा सहमहामन्त्रीको संख्या मात्र ७ पुर्याइएको छ ।
कांग्रेस नेता धनराज गुरुङले लोकान्तरलाई बताएअनुसार उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ७ र कोषाध्यक्ष १ जना रहने व्यवस्था गरिएको छ । जसमध्ये कोषाध्यक्ष बाहेक सबै निर्वाचित हुनेछन् ।
यसअघि महामन्त्री र सहमहामन्त्रीको संख्या २÷२ जना राख्ने सहमति भएको थियो । तर केन्द्रीय सदस्यको तीब्र विरोधका कारण भएको सहमति पनि उल्टिएको थियो ।
गुरुङ भन्छन्, ‘पदाधिकारी विवाद मिलेपछि संशोधित विधान शुक्रबार नै महासमिति बैठकमा पेश गरिने छ ।’