३० जेठ २०८३, शनिबार

पाकिस्तानमा सैन्य एजेन्डालाई अघि बढाउँदै चीन

पाकिस्तानमा सैन्य एजेन्डालाई अघि बढाउँदै चीन

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसै वर्षको शुरूआतमा पाकिस्तानलाई सुरक्षाका लागि दिइने अर्बौं डलर राशि सहयोगमा रोक लगाएका थिए ।

त्यसले गर्दा पाकिस्तान अलिक नरम हुन्छ र अमेरिका एवं उसका सहयोगी देशप्रतिको दृष्टिकोणमा सुधार आउने अपेक्षा गरिएको थियो । तर त्यसो हुन सकेन । खासमा पाकिस्तानले आफ्नो लागि विकल्प पहिलेदेखि नै सोचिरहेको थियो र ऊ चीनको निकट पुग्यो । 

त्यसको दुई हप्तापछि पाकिस्तानी एयरफोर्स र चिनियाँ अधिकारीहरूबीच पाकिस्तानमा चिनियाँ सैन्य जेट, हतियार र अन्य सामग्री निर्माणका विषयमा सम्झौता भयो । त्यति मात्र नभई पाकिस्तान र चीनबीचको मित्रता अन्तरिक्षसम्म पुग्यो । 

चीनले खासमा आफ्नो दशकौं पुरानो एजेन्डामा काम गरिरहेको र त्यसअन्तर्गत पाकिस्तानलाई सैन्य रूपमा उपयोग गर्ने नीति अपनाएको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बतायो । 

चीनले यो योजना बेल्ट एन्ड रोड परियोजनामार्फत अघि बढाइरहेको छ । त्यसको एक भाग चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) का नाममा विकसित गरिँदैछ ।  

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, पाकिस्तानमा आफ्ना परियोजनाका विषयमा चीनले पहिलोपटक स्पष्ट रूपमा इस्लामाबादसँग सैन्य योजनाको सम्झौता गरेको बताएको छ । खासमा चीनले पाकिस्तानको भूराजनीतिक अवस्थाको
उपयोग गरेर आफ्नो सैन्य आधारलाई बलियो बनाउन चाहेको देखिन्छ । 

यसै वर्षको शुरूआतमा चीन र पाकिस्तानबीच एक गोप्य प्रस्तावमा कुराकानी भएको रिपोर्टमा लेखिएको छ । सीपीईसीअन्तर्गत एक विशेष आर्थिक क्षेत्र बन्नेछ र त्यहाँ पाकिस्तानले नयाँ पुस्ताको लडाकू विमान र सैन्य सामग्री बनाउनेछ । 

पहिलोपटक दुवै देश मिलेर संयुक्त रूपमा पाकिस्तानका कारखानामा नेभिगेसन सिस्टम, राडार सिस्टम र हतियार निर्माण गर्नेछन् । यो प्रस्तावलाई सम्झौतापछि तत्कालै कार्यान्वयनमा ल्याइनेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्