०३ असार २०८३, बुधबार

हामीले पश्चिम एसियाको रेखदेख गर्ने ठेक्का लिएका छैनौं : ट्रम्प

हामीले पश्चिम एसियाको रेखदेख गर्ने ठेक्का लिएका छैनौं : ट्रम्प

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने विवादास्पद निर्णयको प्रतिरक्षा गर्दै आफ्नो देशले पश्चिम एसियाको रेखदेख गर्ने ठेक्का नलिएको बताएका छन् । 

बिहीवार उनले ट्वीट गर्दै लेखे, ‘अमेरिकाले पश्चिम एसियाको रेखदेख गर्ने ठेक्का लिएको छ र ? त्यहाँ हामीले केही पाइरहेका छैनौं, उल्टो अर्काको रक्षा गर्दा अनि हाम्रा जवानहरूको बहुमूल्य ज्यान र अर्बौं डलर गुमाइरहेका छौं ।
हामीले गरेको कामको मूल्यका बारेमा थाहा नपाउने मानिसको रक्षामा हामी लागिरहेका छौं । हामी सधैं त्यहीँ बस्ने ? अब अरूले नै यो लडाईं लड्ने हो ।’

अमेरिकाले बुधवार सिरियामा इस्लामिक स्टेटविरुद्धको लडाईंमा जीतको घोषणा गरेको छ । त्यससँगै ट्रम्प प्रशासनले त्यहाँबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय लिएका छन् । ती सैनिक कहिले स्वदेश फर्किने हुने भन्ने विषयमा
टाइमलाइन चाहिँ सार्वजनिक गरिएको छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्