१७ असार २०८३, बुधबार

बिग बाश लिगको डेब्यू ओभरमै सन्दीपले लिए २ विकेट, वाट्सन बने पहिलो शिकार

बिग बाश लिगको डेब्यू ओभरमै सन्दीपले लिए २ विकेट, वाट्सन बने पहिलो शिकार

काठमाडौं – नेपाली युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बाश लिगको डेब्यू खेलमै विकेट लिएका छन् ।

मेलबर्न स्टार्सका तर्फबाट डेब्यू गरेका सन्दीपले आफ्नो दोस्रो बलमै विपक्षी टीम सिड्नी थण्डरका क्याप्टेन सेन वाट्सनलाई आउट गरेका हुन् ।

हार्ड हिटर वाट्सनको विकेट लिएकै ओभरमा सन्दीपले अर्का ब्याट्सम्यानलाई पनि आउट गरेका छन् । पहिलो ओभरमा २ विकेट लिने क्रममा सन्दीपले मात्र ३ रन खर्चिए ।

salt training

कमेन्ट गर्नुहोस्