०२ असार २०८३, मंगलबार

अल्बानियाको संसदमा प्रधानमन्त्रीमाथि अण्डा प्रहार (भिडियो)

अल्बानियाको संसदमा प्रधानमन्त्रीमाथि अण्डा प्रहार (भिडियो)

काठमाडौं — युरोपेली मुुलुक अल्बानियामा विश्वविद्यालयको शुल्क बढेको विरोधमा एक सांसदले संसदमै प्रधानमन्त्री एडी रामामाथि अण्डा प्रहार गरेका छन् ।

अण्डा फ्याँक्ने सांसदलाई गार्डहरूले जबर्जस्ती संसद भवनबाट निकालेका छन् । 

घटनापछि सभामुखले सांसद एन्ड्री हासालाई १० दिनसम्म संसदमा आउन प्रतिबन्ध लगाएका छन् । 

विपक्षी डेमोक्रेट पार्टीले आफ्नो सांसदको प्रतिरक्षा गर्दै बढेको शुल्कको विरोध गर्ने विद्यार्थीको समर्थन गरेका छन् । अल्बानियाका पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता सली बेरिशाले फ्याँकिएको अण्डा विपक्षीहरूका तर्फबाट
रामाका लागि क्रिसमस र नयाँ वर्षको उपहार भएको बताए । 

पढाइ महंगो भएको भन्दै विद्यार्थीहरूले अल्बानियामा विरोध प्रदर्शन गरिरहेका छन् । सरकारी विश्वविद्यालयहरूमा वार्षिक शुल्क एकैचोटि १६० युरोबाट बढाएर २५ सय ६० युरो पु–याइएको छ । प्रतिव्यक्ति मासिक औसत आय भने
जम्मा ३५० युरो प्रतिमहिना छ । 

प्रधानमन्त्रीले संसदबाट बाहिर आएपछि विपक्षीमाथि अभद्र टिप्पणी गरेका छन् । विद्यार्थीहरूको मागका विषयमा सरकारसँग कुराकानी गर्नुपर्नेमा जोरी खोजेको भन्दै उनले विपक्षीको आलोचना गरेका हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्