
काठमाडौं, २३ फागुन– नेकपा एमालले कार्यक्रम गर्ने भनिएको सप्तरीको राजविराज औधोगीक क्षेत्र नजिक मलेठ नहर चोकको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
रातो कपडामा बेरहेर राखिएको अबस्थामा शंकास्पद बस्तु फेला परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उदय प्रसाद तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।
शंकास्पद बस्तुभेटिएपछि प्रहरी र डिस्पोजल टोली त्यसतर्फ गएको छ । एमालेका नेता कार्यकर्ता जाने रुटमा सशंकास्पद वस्तु फेला परेको हो ।