१३ असार २०८३, शनिबार

भारतको एउटै होटलबाट ३५ नेपाली महिलाको उद्धार, नेपाल ल्याउने तयारी

भारतको एउटै होटलबाट ३५ नेपाली महिलाको उद्धार, नेपाल ल्याउने तयारी

काठमाडौं – नेपालको विभिन्न क्षेत्रबाट भारत पुर्‍याएर बन्दी अवस्थामा राखिएका ३५ जना नेपाली महिलाको उद्धार गरिएको छ । 

बैंगलुरुस्थित मजिस्टेर सुधा होटलमा बन्दी अवस्थामा राखिएका नेपाली महिलाहरूलाई जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहल तथा माइती इण्डिया र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।

उद्धार गरिएका महिलाहरूलाई भारतस्थित सरकारी आवाशगृहमा सुरक्षित राखिएको उद्धारकर्ता पाण्डेले लोकान्तरलाई जानकारी दिए । उनीहरूलाई भोलि नेपाल ल्याएर नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाउने तयारी भइरहेको पाण्डेले बताए ।

ती महिलाको साथमा श्रमका कागजात, पुलिस रिपोर्ट लगायतका दस्तावेज पनि भेटिएको छ । उनीहरूसँग रहेको कागजात हेर्दा भारतबाट अन्य मुलुक पठाउने तयारी रहेको देखिन्छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका उद्धारकर्ता पाण्डे भारतमा रहेर लामो समयदेखि नेपालीहरूको हकहितमा क्रियाशील छन् ।

salt training

कमेन्ट गर्नुहोस्