
नेपाल आइडलको दोस्रो सिजनमा चर्चामा रहेकी मध्येकी एक करिश्मा विष्टको गीत सार्वजनिक भएको छ ।
नेपाल आइडलको दोस्रो सिजन अन्तर्गत धनगढी अडिनमा भाग लिन आएकी १७ वर्षीय किशोरी करिश्मा विष्ट चर्चामा आएकी थिइन् ।
अडिसनमा गीत गाएपछि निर्णायकहरुलाई ¥याप सुनाएकी करिश्मा एकाएक हिट हुन पुगेकी थिइन् ।
अडिसन राउण्ड पार गर्दै उनी थिएटर राउण्ड पुगेकी थिइन् ।
उनै करिश्माले गाएको र चर्चामा रहेको उक्त गीत रुपमा सार्वजनिक भएको छ ।
नेपाल आइडलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको करिश्माको
इको नि लाग्यो अकाउन्ट नि लाग्यो
अरु त अरु त्यो इंग्लिस नि लाग्यो.....
बोलको र्याप विहीबार सार्वजनिक भएको हो । जसलाई १ लाख १० हजार भन्दा धेरैले हेरिसकेका छन् ।
शुक्रवार(आज) नेपाल आइडलको ग्राण्ड फिनाले हुँदैछ ।