०२ असार २०८३, मंगलबार

किम जोङ–उनले हाने डोनल्ड ट्रम्पलाई गोली (भिडियो)

किम जोङ–उनले हाने डोनल्ड ट्रम्पलाई गोली (भिडियो)

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनको शत्रुता अहिले त छैन । तर दक्षिण कोरियाको राजधानी सउलमा एक फिल्म सेटमा शत्रुता कायमै रहेको जस्तो देखिन्छ । 

शहरमा लगाइएको सेटमा किम हातमा पिस्तोल बोकेर उभिएका देखिन्छन् र ट्रम्प भुइँमा लडेका देखिन्छन् । त्यसपछि कोरियाली नेताका तर्फबाट एक क्याप्सन शो मस्ट गो अन लेखिन्छ । 

ट्रम्प र किमको यो प्रदर्शनीको खुबै चर्चा गरिँदैछ । 

सेट बनाउने कलाकार लिनले भने, ‘सेटको माध्यमले म कस्तो वातावरणमा हामी बसिरहेका छौं भन्ने देखाउन चाहन्छौं । राजनीतिक जीवनमा दुई शक्तिशाली व्यक्तिमा सबैको नजर छ । उनीहरूको हरेक कदमले मानिस डराउँछन् पनि, खुशी पनि हुन्छन् । दुवैजना दिग्गज नेता हुन् र राजनीतिक फाइदाका लागि हंगामा गर्ने शक्ति छ तर दुवैमा गम्भीरता छैन ।’  

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्