०३ असार २०८३, बुधबार

अपडेट : दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

अपडेट : दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो
सा‌ंकेतिक तस्बिर

तुल्सीपुर – सल्याङबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । 

प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 

दाङकाे घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए ।  अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्