१९ असार २०८३, शुक्रबार

नेपाल आइडल सिजन–२ को विजेता बने रवि ओड

नेपाल आइडल सिजन–२ को विजेता बने रवि ओड

काठमाडौं– चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिम प्रदेशका रवी ओड बनेका छन् । 

फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । 

उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् ।  

 दर्शकबाट सर्वाधिक धेरै भोट पाएको आधारमा उनी विजयी बन्न सफल भएका हुन् । 

यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेकका पाएका छन् ।  

दर्शकले दिएको भोटको आधारमा झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका  छन् । 

उनले १२ लाख बराबरको चेक पाएका छन् । 

यसैगरी झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् । 

आइडलको फिनाले पुल्चोक इन्जिनियरिङ क्याम्पसको ग्राउण्डमा भएको थियो । उक्त फिनाले हेर्न हजारौं दर्शक उपस्थित थिए भने युट्यूबमार्फत एकै पटक एकलाख भन्दा बढीले हेरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्