
ललितपुर– नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ ।
यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ ।
‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र अपराध नियन्त्रण महाशाखाले हाल देशभर १९२ सामुदायिक केन्द्र स्थापना गरेको बताए ।
कूल ७५३ स्थानीय तहमध्ये ७४३ सँग साझेदारी गरिएको उनको भनाइ छ ।
सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्या, हिंसा, सम्बन्धबिच्छेद, जबर्जस्ती करणीलगायत घटना बढ्दै गएको पाइएको छ ।