१३ असार २०८३, शनिबार

चीनमा अपराध गर्नेलाई यसरी दिइन्छ मृत्युदण्ड, तर सजाय ‘घट्दो’ क्रममा छ

पुस ६, २०७५
चीनमा अपराध गर्नेलाई यसरी दिइन्छ मृत्युदण्ड, तर सजाय ‘घट्दो’ क्रममा छ

बेइजिङ– चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ । 

तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ । 

मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने क्रम बढी रहको भएपनि कति सङ्ख्यामा मृत्युदण्ड दिइन्छ भन्ने राज्यले गोप्य राख्ने गरेको छ । 

यद्यपि चीनको कानूनी प्रणालीले मृत्युदण्डसम्बन्धी विधिलाई पछिल्ला बर्षहरूमा कडा पारेको छ । “मृत्युदण्डलाई हटाउने अवस्था भने अझै आइसकेको छैन,” ‘सुप्रिम पिपुल्स कोर्ट’ का न्यायाधीश लि सिआओले बताए । 


सन् २००७ मा उक्त अदालतले मृत्युदण्ड स्वीकार गर्ने वा अस्वीकार गर्ने शक्ति पुनः आर्जन गरेको थियो । उक्त अधिकार सन् २००७ पहिले प्रान्तीय अदालतमा निहित रहेको थियो । 

यसको तीन बर्षपछि चीनले नयाँ प्रावधान ल्यायो जसले मृत्युदण्डका लागि सबूत देखाउनुपर्ने बनायो र सन् २०१५ मा मृत्युदण्डलाई ५५ बाट ४६ मा झारियो । 

“त्यसपछि मृत्युदण्डको सङ्ख्या क्रमश घट्दा अवस्थामा रहेको छ,” ली ले भने । 

कसैको हत्या गरेका कारण आफ्नो जीवनकै उत्सर्ग गर्नुपर्छ भन्ने ‘हजारौँ बर्ष’ देखि चिनियाँ नागरिकहरूको दिमागमा गडेको विचारप्रति अझै पनि व्यापक समर्थन रहेको छ, उनले  मृत्युदण्डलाई कायम राख्नुपर्ने धारणा पुष्टि गर्दै भने । 

मानव हत्या, वलात्कार, लागु औषध कारोबार र पृथकतावाद सबैलाई चीनमा गम्भीर अपराधका रूपमा लिने गरिन्छ । 

चीनमा मृत्युदण्ड गोली हानी दिने गरिन्थ्यो तर अधिकारीहरूका अनुसार पछिल्लो समय प्राणघातक रसायनको सूईमार्फत् हुने गर्छ । 
मृत्यसुदण्डका यो स्वरूपलाई तुलनात्मक रूपमा धेरै मानवीय वा अपराधीको शरीरमा कम ध्वंसात्मक प्रभाव पर्ने मानिने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्