काठमाडौं– नेकपाका शीर्ष नेताहरुले सरकारका काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिवार बसेको बैठकमा बोल्ने नेताहरुले सरकारको कामको आलोचना गरेका हुन् । शनिवार गिरिराजमणी पोखरेल, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ककमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
नेताद्वय खनाल र नेपालले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, पार्टी पद्धतिमा भन्दा व्यक्तिवादी भएको आरोप लगाएका थिए । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
बैठक भोलि विहान पुनः बस्नेछ । भोलिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रप्ी एवं अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने तयारी छ ।