२५ असार २०८३, बिहीबार

नेकपा बैठक - दुर्घटनाका घाइतेहरूको उपचारको प्रबन्ध गर्न सरकारको ध्याकर्षण

नेकपा बैठक -  दुर्घटनाका घाइतेहरूको उपचारको प्रबन्ध गर्न सरकारको ध्याकर्षण

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परि निधन हुनेहरूप्रति श्रद्धान्जली प्रकट गरेको छ ।

शैक्षिक अवलोकन गरेर फर्कने क्रममा सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस राम्री भन्ने ठाउँमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमध्ये १३ जनाको मात्र सनाखत भएको छ ।

नेकपाका बैठकमा घाइतेहरूको प्रभावकारी उपचारको आवश्यक प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण पनि गराइएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक बिहान सवा ८ बजे शुरू भएर साढे ११ बजेसम्म चलेको थियो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्