
काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ सवार गाडी दुर्घटनामा परेको छ ।
शुक्रवार राति रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित पौराई सडक खण्डमा वैद्य सवार गाडी रोकिराखेको ट्रकमा ठोकिएको थियो ।
रोकिराखेको ना ६ ख २८९५ नम्बरको ट्रकमा नेता वैद्य सवार बा ३ च ८४७० नम्बरको मारुती ठोकिएको थियो ।
दुर्घटनामा मोहन वैद्य सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीषक सन्तोष पाठकले बताए ।
दुर्घटनामा नेता वैद्य, गाडी चालक मानबहादुर चदारा र वीरेन्द्र शाही घाइते भएका छन् । घाइते दुई जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । नेता वैद्य भने कार्यक्रममा सहभागी हुन लाहान गएका छन् ।