२१ असार २०८३, आइतबार

‘टिक टिक’का कारण एलिनाले पाउने भइन् साउथ इण्डियन फिल्म खेल्ने मौका

‘टिक टिक’का कारण एलिनाले पाउने भइन् साउथ इण्डियन फिल्म खेल्ने मौका

काठमाण्डौ÷ नेपाली सिने क्षेत्रबाट छलाङ्ग मार्दै नायिका एलिना बासकोटा साउथ इण्डियन मुभिमा पुगेकी छिन् ।

नेपाली सिने जगतमा प्रवेश गरेको सानो समयमै दर्शकहरूमाझ लोकप्रियता कमाउन सफल नायिका एलिना बासकोटालाई साउथ इण्डियन मुभी सम्म पुग्ने मौका भने “टिकटक” नामक मनोरंजनात्मक एप्सले जुराएको हो । सामाजिक सञ्जालमा निकै नै चर्चामा रहेको मनोरञ्जनात्मक म्युजिक भिडियो एप्स “टिक–टक”मा केही समय अघि आप्mनो भिडियो राखेपछि साउथ इण्डियन मुभिका कोरियोग्राफरले प्रभावित भएर फिल्ममा आइटम डान्सको प्रस्ताव गरेपछि आफूले स्वीकार गर्दै साउथ इण्डियन फिल्मको यात्रामा आप्mनो पाइला अघि सारेको नायिका एलिनाले बताइन् ।

नायिका एलिनाका अनुसार मंजितद्वारा निर्देशित साउथ इण्डियन फिल्म, “कोचिन शादी एट चेन्नई–३”को लागि आइटम गीतमा नृत्य गर्न कोरियोग्राफर रेजिन जोयले प्रस्ताव गरेपछि आफू यतिखेर सो गीतको छायांकनको लागि साउथ इण्डिया पुगेको बताईन् । 

salt training

कमेन्ट गर्नुहोस्