२३ असार २०८३, मंगलबार

रुखले च्यापेर मजदूरको मृत्यु

रुखले च्यापेर मजदूरको मृत्यु

गलकोट-  बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । 

पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो । 

रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो । मृतक सार्कीको शव धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखिएको र आइतबार शव परीक्षण गरी आफन्तको जिम्मा लगाइने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्