
काठमाडौं - नुवाकोटका विभिन्न स्थानमा सोमबार विद्युत् आपूर्ति बन्द हुने भएको छ । नगरकोट फिडरको ११ के.भि. लाइन मर्मत गर्नु पर्ने भएकाले विभिन्न स्थानमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुने भएको हो ।
नुवाकोटका दुवाकोट, झौखेल, चाँगु, खरिपाटी, नगरकोट, बागेश्वरी, सुडाललगायतका स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
