०८ असार २०८३, सोमबार

मंगलग्रहमा भेटियो हिउँ भरिएको खाल्डो

मंगलग्रहमा भेटियो हिउँ भरिएको खाल्डो

काठमाडौं — युरोपेली अन्तरिक्ष नियोगको मंगल एक्सप्रेस मिसनले मंगल ग्रहमा ठूलो खाल्डोमा हिउँ भेटेको छ । हिउँले भरिएको खाल्डोको तस्वीर पनि जारी गरिएको छ । 

वैज्ञानिकहरूले अर्को ग्रहमा अहिलेसम्म भेटिएको यो नै सबभन्दा ठूलो हिउँ खाल्डो भएको बताएका छन् । 

पन्ध्र वर्षअघि प्रक्षेपण गरिएको मार्स एक्सप्रेसले मंगल ग्रहमा हिउँ र हिमनदीको खोजको तस्वीर प्रायः जारी गरिरहेको हुन्छ । 

यो खाल्डो कोरोलोभ क्रेटरको गहिराइ ५९ सय ५ फीट मानिएको छ । यसमा वर्षैभरि हिउँ हुने अनुमान छ । 

तापक्रम बढ्दा हावा चल्नुका साथै सतहमा केही हलचल भए पनि हिउँ वर्षभरि नै खाल्डोमा भरिएर बस्ने वैज्ञानिकहरूको अनुमान छ । 

यसै वर्ष मंगल ग्रहमा चट्टान, पानी, हिउँ र हावाका कारण उबडखाबड सतह देखिएको पुष्टि वैज्ञानिकहरूले गरेका थिए । 

अन्तरिक्ष अभियानका जानकारहरूले मंगल ग्रहमा केही समययता हलचल भएको बताएका छन् । 

मंगल ग्रह दुई गोलार्धमा विभाजित छ । मंगलको उत्तरी गोलार्ध दक्षिणी भागको तुलनामा केही तल रहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्