काठमाडौं,२३ फागुन– सगरमाथाको बेसक्याम्पबाट फर्किँदै गर्दा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । सगरमाथा बेसक्याम्प चढेका उनी १७ हजार ६ सय फिटमा बिहीवार विरामी भएका थिए ।
बेसक्याम्पबाट फर्किने क्रममा उनको श्वासप्रश्वासमा समस्या भएको अष्ट्रेलियाको समाचारले जनाएको छ । दुईटा छोराका बुबा रहेका उनी स्थानीय शेर्पाहरुसँग एभरेष्ट चढ्न हिँडेका थिए । उनीसँगै तीन अष्ट्रेलियन नागरिकहरु यात्रामा आएको ‘दी हेराल्ड सन न्यूजपेपरले जनाएको छ । गत बसन्त भित्रमा दश जनाको मृत्यु भइसकेको दी हिमालयन डाटाबेसले जनाएको छ ।
बीबीसी