०२ असार २०८३, मंगलबार

इन्डोनेसियामा कन्सर्ट चलिरहेको बेलामा सुनामी आएपछि... (भिडियो)

इन्डोनेसियामा कन्सर्ट चलिरहेको बेलामा सुनामी आएपछि... (भिडियो)

काठमाडौं — इन्डोनेसियामा शनिवार आएको सुनामीमा मर्नेको संख्या १६८ पुगेको छ । सुनामीका कारण पश्चिम जाभा प्रान्तमा धनजनको व्यापक क्षति भएको छ ।

तानजुङ लेसुङ शहरमा सांगीतिक समारोह चलिरहेको बेलामा सुनामीको लहर आएपछि संगीतकर्मीहरू बगेका छन् ।

पप गीत गाउने समूह सेभेन्टीनले समुद्री किनारमा  प्रस्तुति दिइरहेको बेलामा सुनामी आएको हो । संगीत सुन्न गएकाहरूले घटनालाई भिडियोमा क्याप्चर गरेका छन् । भिडियोमा पानीले स्टेजलाई क्षति गरेको देखिन्छ ।

ट्रिब्युनजकार्ताका अनुसार, सांगीतिक समूहका गायक डाइलान सहाराकी पत्नी अझै हराइरहेकी छन् । समूहका दुई सदस्य मरेको बताइएको छ । 

सांगीतिक समारोहमा भाग लिइरहेका व्यक्तिहरूको नियतिका बारेमा केही थाहा हुन सकेको छैन ।

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्