
सप्तरी, २३ फागुन– मधेशी मोर्चाका कार्यकर्ताको बिरोध र नाराबाजीका बावजुद सप्तरीको राजबिराजमा नेकपा एमालेको सभा शुरु भएको छ ।
राजबिराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको कम्पाउण्डमा एमालेको सभा शुरु भएको हो । दिउसो २ बजे शुरु हुने भनिएको सभा अपरान्ह सवा ४ बजेमात्र शुरु भएको हो ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभास्थल बाहिर मोर्चाका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
सम्भावित झडप रोक्न सभास्थल क्षेत्रमा सुरक्षा व्यबस्था कडा गरिएको छ । मोर्चाका कार्यकर्ता सभास्थलमा प्रवेश गर्न खोज्दा सामान्य झपडको समेत भएको थियो ।